लमहीमा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा छ जना घाइते
घरसञ्चार दाङ । दाङको लमही नगरपालिका-१ सुण्डबरीमा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । पूर्वपश्चिम राजमार्गमा शनिबार दिउँसो नेपालगन्जबाट चन्द्रौटातर्फ जाँदै गरेको ग्यास बोकेको भे १ क १८०१ नम्बरको ट्रकले ब्रेक लगाउने क्रममा पछाडिबाट आउँदै गरेको…
देउखुरीमा बस-अटो ठोक्किँदा दुई महिनाकी शिशुसहित दुई जनाको मृत्यु
घरसञ्चार दाङ । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिनाकी शिशुसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन् । प्रहरीका अनुसार प्युठानबाट…
खुमबहादुरका छोरा अनुराग खड्का केन्द्रीय सदस्यमा भिड्दै-नेपाली काँग्रेस १५ औँ महाधिबेशन
घरसञ्चार काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । खड्काले युवा खुला तर्फ (३५ वर्षमुनि) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै…
लमहीमा ‘घर संसार फुटसल कप’ हुँदै, विजेताले एक लाख पाउने
घरसञ्चार दाङ । विजया दशमीको अवसर पारेर दाङ लमही स्थित सिटी क्लबले लमहीमा ‘घर संसार फुटसल कप २०८३’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता असोज २३ देखि २५ गतेसम्म लमहीस्थित फ्रेन्ड्स फुटसलमा सञ्चालन हुने क्लबले जनाएको छ । क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै लमही क्षेत्रमा फुटबल तथा फुटसल खेलको विकास गर्ने, स्थानीय खेलाडीलाई आफ्नो…
नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा युवा कलसिङ विकको उम्मेदवारी घोषणा
दाङ असोज – नेपाली कांग्रेसका कर्मठ युवा नेता तथा नेपाल दलित विद्यार्थी संघ दाङ जिल्ला अध्यक्ष कलसिङ विकले दाङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ। लामो समयदेखि विद्यार्थी राजनीति र सामाजिक आन्दोलनमा सक्रिय रहनुभएका विक, Gen Z लगायत ३५ वर्षमुनिका युवा पुस्तालाई समेटेर अगाडि बढ्न सक्ने क्षमतावान युवा नेंताको रुपमा परिचित हुनुहुन्छ।…
लमही-७ मा कांग्रेस वडा समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन
घरसञ्चार दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमही नगरपालिका-७ को वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् । वडा अधिवेशनले प्रेमलाल चौधरीको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो ।अधिवेशन वडा सभापति शालिकराम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रमुख अतिथि मोहन गिरीले वडा तहबाटै…
कांग्रेसको १५औँ महाधिवेशन : दाङ-१ मा सभापतिका सम्भावित उम्मेदवारको चर्चा, गिरीले गरे घोषणा
घरसञ्चार दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको मिति नजिकिँदै जाँदा दाङ निर्वाचन क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदका सम्भावित उम्मेदवारहरूबारे चर्चा तीव्र बनेको छ । यसैबीच निवर्तमान उपाध्यक्ष दिनेश गिरीले संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । असोज २ र ३ गतेदेखि देशभर वडा अधिवेशन…
गढवाका जनप्रतिनिधि र शाखा प्रमुखसहित ११ जना विरुद्ध अख्तियारमा मुद्दा दर्ता
निराजन यादव गढवा, दाङ । गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा शाखा प्रमुखसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।गाउँपालिकासँग सम्बन्धित विषयमा अनियमितता भएको आरोपसहित उनीहरूविरुद्ध आयोगमा उजुरी तथा मुद्दा दर्ता भएको जनाइएको छ । उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको छ । मुद्दा दर्ता भएपछि…
देउखुरी उद्योग वाणिज्य संघको १३औँ पद हस्तान्तरण तथा शपथग्रहण सम्पन्न
घरसञ्चार दाङ । देउखुरी उद्योग वाणिज्य संघ, लमहीको १३औँ पद हस्तान्तरण तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघको नवनिर्वाचित कार्यसमितिलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुका साथै नयाँ पदाधिकारीहरूले शपथग्रहण गरेका छन् । कार्यक्रम संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो…
कोषाध्यक्ष नै कालोसुचीमा परेपछि लमही खानेपानीका सबै खाता बन्द, कारोबार प्रभावित
घरसञ्चार दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका विभिन्न बैंकमा सञ्चालनमा रहेका बैंक खाताहरू धमाधम बन्द भएपछि संस्थाको आर्थिक तथा दैनिक प्रशासनिक कारोबार प्रभावित भएको छ । संस्थाका अनुसार लमहीका अधिकांश बैंक शाखामा सञ्चालनमा रहेका खातामध्ये पछिल्लो पटक भदौ ८ गते कुमारी बैंक लमही शाखाको खाता समेत बन्द भएको छ ।संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारी…





